Monday, May 10, 2010

उ अनि म …

उ आउथ्यो
दुई चार शब्दहरु फ्याक्थ्यो
अनि
बाटो तताउथ्यो
मनका बहहरु
कबिताको लहर बनाई
छताछुल्ल पोखाउथ्यो
उ बोल्थ्यो
दुई चार शब्दहरु
फेरी
आफै तर्सिन्थ्यो
बिजुलिको करेन्ट
चटट्याङको आवाज
कन्चटहरुमा
बज्रीए झैं
तर
अचेल
उ चुपचाप छ
उ हराएको छ
म खोजिरहेछु
उसका आकृतिहरुलाई
म पर्खि रहेछु
उसका पाईलाहरुलाई
क्षितिज पारीको
उसको प्रतिबिम्ब
बिस्तारै
धमिलिदै गएको छ
मनको क्यानभासमा कोरिएको
उसको चित्र
किनाराहरु बाट मेटिन्दैछ
उसले भुलेको छ
हिंडिरहेको त्यो गोरेटो
भत्काउदै छ
मनका सुनौला साँगुहरु
फेरिएका छन
उसका सुरीला आवाजहरु
म अन्योलको भुमरिहरुमा
त्यसै त्यसै मडारिरहेछु
बिगतका ति
कथाहरुमा
बर्तमान खोजिरहेछु
यथार्थमा
उ पारी छ
अनि
म वारी छु
लाग्छ,
हाम्रो मिलन
असम्भब छ ।
-काली बहिनी

काली बहिनी तिमी लाई म के दिउ
काली बहिनी म तिमी लाई सधैं हेर्न पाउ
दिनमा झझल्को र रातको सपनामा
तिम्रै याद हरु हरपल आउछ
तिम्रै सम्झनाहरुमा
यो प्रचन्ड गर्मीको बिदेश बसाइ
खै कहाँ बाट लेखी पठाउ तिमी लाई
स्वदेशका याद हरुले थिच्छन
बिदेशका पिडाहरुले सताउछन
मुटु भित्र का चोट हरु लाई
मन भित्र का भारी हरु लाई
जीवन का उकाली ओरालिको
परिवेश मा दु:ख सुखको
तिमीले खुशी भरिदिएकी छयौ।

Saturday, December 5, 2009

हाइकु


१-उड़े रे होश
फिर मंहगा तेल
चलो पैदल
२-पैयौं फुल्दा है
साकुरा फुल्दा काली
एउटै हो र …

३-झिम झिम है !
नझिम्काउ परेली
भुतुक्कै हुन्छु ।

४-सम्झना भयो
जलेको मेरो मन
माया बहिनी !

५-असारे पानी
घाम सँग पर्दछ ?
कहिले झरी ।

६-म कबि हैन
साथीहरु सानोमा
स्कूल पढ्ने

बेला मुक्तक
भन्ने बानी कोठामा
वार्षिक बर्ष

हुँदा फेरी त
कबिता मुक्तक त
सैलासन्देमा

छापिन्थेयो त
नयाँ जमानमा नै !
म चौतारीको

हावाहरुमा
घाम पानीहरुमा
भौतारी रहे !

७-लेखिका काली बहिनी
कसैलाई त
सोल्टिनी भन्नु दाई
कति हो बैनी ?

वी लप बैनी
बिगनेपाल बैनी
बैनी नै बैनी ।

यस्तै चालाले
हजुरको बिहे खै
कसरी हुन्छ ?

को हो नभन्नु
यो कथाको नायक
मोहन दाई ।


८-अन्जान मा नै !
लाएको माया भुली
दिनु सोल्टिनी
के गर्न सक्छु ?
म अभागी हुनाले
पछी को कुरा
पनि सोच्न नै !
पर्ने मानिस भए
पछीको कुरा …

९-मलाई साथी
नसोध, कहां दुख्छ ।
मेरो घाऊ त ?
दोबाटोमा नै !
बहिनी, म अल्मली
रहेका छम् ?

१०-तिम्रो सुन्दर
रुप यो मेरो आँखा
ले हेर्दा म त

कता कता छु
जस्तो हुन्छ मायालु
यो जुनीमा त

हुन सकिन
अर्को जुनीमा तिम्रै
आँखामा हुन्छु ।

११-कहिले बजु
कहिले बुहारी है !
हाम्रो पालो त
कहिले हो हो
भनेको आइहालो
याद कान्छा नि !
१२-ढाँट्न कहाँ
पाईन्छ राजु भाई
तिमी फोरुममा
हराए पछी
मेरो रहर यसै
जाने भयो है !

सधैं मुसुक्क
हासेर बाँच्न सिक
यो संसारमा ।
भेट भाको बेला
बाटोमा मोहन के
भन्न नभुल !
१४-फुल बसायो
साकुरा फुल फुली
दिनाले माया ।
१५-बाडुल्की लाग्छ
उनै लाई सपनामा
म सधैं देख्छु ।
१८ -लाउँदै माया
छुटाउँदै गर्नेले
के गर्छौ कान्छी ।

Thursday, November 19, 2009

सम्झना

सम्झना आउछ मलाई हाम्रो देश नेपालको
सम्झना आउछ मलाई आफ्नै गाउ घरको
सम्झन्छु म त्यहाँको पाखा देउराली र झरना
बाचिरहेको छु तिम्रै आशामा ।
मिहिनेतको पसिन बगाई बिरानो देशमा
कहिलेकाही आफ्नै आशाहरुले नै निराश पार्छ
यो जिबनमा आशहरुले निराश नपारुन
सम्झना आउछ जिबनका पलहरु
कस्तो हो मेरो कर्म आँफैलाई थाहाछैन....

-लेखिका ईशा बहिनी लण्डन

बिन्ती छ

मुटु भित्र दु:खका बेथा भए पनि
कसैको मुटु दु:खाउन चाहन्न म
भित्र भित्र बेदनामा जली रहे पनि,
कसैलाई मेरो पिडाको बिष चखाउन
चाहन्न म,बरु परेलिमा नयनको
आसु लुकाएर भए पनि सबैको
खुशीयालिमा मुस्कुराइ दिने छु
म दिन्न नभन
चुहाई दिए दुई थोपा आशु
मेरो लास माथि ,
बिच बाटोमा छाडी नजाउ
बिन्ती छ मेरो हे मेरी प्रिया

Sunday, July 26, 2009

उभिन पुगें म सायद, मृत्यु कुर्नेहरुको हूलमा।

उभिन पुगें म
सायद,
मृत्यु कुर्नेहरुको हूलमा।


दिएँ आफैंलाई
आफ्नै नाममा-दागबत्ती
कयौंपटक,
"राम नाम सत्य हो!"

किन्तु,
नहुँदोरहेछ
सबै सत्य।

दिंदोरहेछ समयले
अथक चेतना जब,
जिउँदै
मर्दोरहेछ
मान्छे यहाँ ।

कस्तो उदेक !
देख्दैछु,
ती, सबै प्रिय अनुहारहरू पनि
तम्तयार,
मलामीको भेषमा।

सत्य !
जीवित हुनका लागि
मान्छे,
बाँच्नुपर्दोरहेछ
जीवितहरुको माझमा
उभिन पुगें म
मृत्यु कुर्ने
सायद,
बेतुकीहरुको हूलमा।
-लेखिका सिस लारा राइ हाल लण्डन

Tuesday, July 14, 2009

छोरा हुँ म परदेशमा!!!

मेरो मात्र होइन लाखौं लाख नेपाली दाजु भाई को यो हो मनको बेथा हो । गीत भनम या कबिता
बिदेसी भुमीमा
नेपाली दाजु भाई , दिदी ,बहिनी को भावाना कबिता या गीत को रुप मा पोखदै छु ।


छोरा हुँ म परदेशमा बुवा , आमा को सेवा छोडी
आउन पाइदैन दुई बर्ष पुरा नगरी

शोरौ महिना बितिसको आठौ महिनाको इन्तजार
कम्पनीले बिदा दिए आगौ दसैंमा आउने बिचार

दिन भरी काम गर्छु तपाईं हजुरको सम्झनामा
कोइले काइ पसिना चुइन्छ शिर्देखी पैतला सम्म

नहेरी भनु भने पनि कती राम्रो
हो शिसा
जिन्दगीमा आमा ,बुवा भन्दा पनि ठुलो रइछ पैसा

धेरै फुल ओइलाईसके दिदी बहिनिले रोपेका
अनरसा र सेल रोटी सुकिसके टपरिभरिका

कती घर बनाइ कती
घर पोते अर्काको देशमा
घर जाने समय आयो एक ,दुइ पैसा छैन साथमा

बिहानि पख घाम झुल्कियो कती घमाइलो
ठुलो फाट टारि खेत मा धान झुलो कती रमाइलो

चिट्ठी पढी नरुनु सम्झना हो परदेशी छोरा को
मनको बेथा लेखिदिन बिताउने सम्झना कोशीस हो

मन रोए पनि दिन त अती उझालो हो
कती लेखु यो फोरममा बिदा हुने बेला
भईहालो ।।।

काली बहिनी -परदेशी कान्छु दाइको चिट्ठी आएछ rose.gif

संघारमा दियो बालेर सधैं
हर साँझ तिमीलाई पर्खिरहेछु
भाग्यको रेखा मेटिदैन रहेछ
परदेशीको बाटो हेरिरहेछु

डाँडाकाडाले सोधिरहेछन तिमीलाई
त्यो भञ्ज्याङ चौतारीले पर्खिरहेछन
सँगै डुलेका ति पाखा पखेराहरु
झझल्कोले सधैं झस्क्याइरहेछन

पराईको आगनमा नबस भो कान्छु
अब त घर फर्की आए पनि हुन्छ
दु:खसुख जे छ बांडेर खाउला
झुपडी आफ्नै स्वर्ग तूल्य हुन्छ ।

Saturday, July 4, 2009

My Request

साकुरासंग लुकामारी खेल्दा तिमीलाई नै भेटे मैले
मादलुको ताल संगै उमंगको नाच नाचे मैले

उराठमय यो जिन्दगीमा तिम्रो साथ चाहे मैले
गुम्सिएका मनका बह तिमि संग साटे मैले

तिम्रो एक स्पर्शमा संसारै घमाइलो देखे मैले
बहने यी नयनका आशु सबै पुछे मैले

जिन्दगीका पनाभारी तिमीलाई नै लेखे मैले
विरह यो मुटुका व्यथा सबै भुले मैले
-लेखिका माया बहिनी