उभिन पुगें म
सायद,
मृत्यु कुर्नेहरुको हूलमा।
दिएँ आफैंलाई
आफ्नै नाममा-दागबत्ती
कयौंपटक,
"राम नाम सत्य हो!"
किन्तु,
नहुँदोरहेछ
सबै सत्य।
दिंदोरहेछ समयले
अथक चेतना जब,
जिउँदै
मर्दोरहेछ
मान्छे यहाँ ।
कस्तो उदेक !
देख्दैछु,
ती, सबै प्रिय अनुहारहरू पनि
तम्तयार,
मलामीको भेषमा।
सत्य !
जीवित हुनका लागि
मान्छे,
बाँच्नुपर्दोरहेछ
जीवितहरुको माझमा
उभिन पुगें म
मृत्यु कुर्ने
सायद,
बेतुकीहरुको हूलमा।
-लेखिका सिस लारा राइ हाल लण्डन
Sunday, July 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment