बिदेसी भुमीमा नेपाली दाजु भाई , दिदी ,बहिनी को भावाना कबिता या गीत को रुप मा पोखदै छु ।
छोरा हुँ म परदेशमा बुवा , आमा को सेवा छोडी
आउन पाइदैन दुई बर्ष पुरा नगरी
शोरौ महिना बितिसको आठौ महिनाको इन्तजार
कम्पनीले बिदा दिए आगौ दसैंमा आउने बिचार
दिन भरी काम गर्छु तपाईं हजुरको सम्झनामा
कोइले काइ पसिना चुइन्छ शिर्देखी पैतला सम्म
नहेरी भनु भने पनि कती राम्रो हो शिसा
जिन्दगीमा आमा ,बुवा भन्दा पनि ठुलो रइछ पैसा
धेरै फुल ओइलाईसके दिदी बहिनिले रोपेका
अनरसा र सेल रोटी सुकिसके टपरिभरिका
कती घर बनाइ कती घर पोते अर्काको देशमा
घर जाने समय आयो एक ,दुइ पैसा छैन साथमा
बिहानि पख घाम झुल्कियो कती घमाइलो
ठुलो फाट टारि खेत मा धान झुलो कती रमाइलो
चिट्ठी पढी नरुनु सम्झना हो परदेशी छोरा को
मनको बेथा लेखिदिन बिताउने सम्झना कोशीस हो
मन रोए पनि दिन त अती उझालो हो
कती लेखु यो फोरममा बिदा हुने बेला
भईहालो ।।।
काली बहिनी -परदेशी कान्छु दाइको चिट्ठी आएछ
संघारमा दियो बालेर सधैं
हर साँझ तिमीलाई पर्खिरहेछु
भाग्यको रेखा मेटिदैन रहेछ
परदेशीको बाटो हेरिरहेछु
डाँडाकाडाले सोधिरहेछन तिमीलाई
त्यो भञ्ज्याङ चौतारीले पर्खिरहेछन
सँगै डुलेका ति पाखा पखेराहरु
झझल्कोले सधैं झस्क्याइरहेछन
पराईको आगनमा नबस भो कान्छु
अब त घर फर्की आए पनि हुन्छ
दु:खसुख जे छ बांडेर खाउला
झुपडी आफ्नै स्वर्ग तूल्य हुन्छ ।
No comments:
Post a Comment