Monday, May 10, 2010

उ अनि म …

उ आउथ्यो
दुई चार शब्दहरु फ्याक्थ्यो
अनि
बाटो तताउथ्यो
मनका बहहरु
कबिताको लहर बनाई
छताछुल्ल पोखाउथ्यो
उ बोल्थ्यो
दुई चार शब्दहरु
फेरी
आफै तर्सिन्थ्यो
बिजुलिको करेन्ट
चटट्याङको आवाज
कन्चटहरुमा
बज्रीए झैं
तर
अचेल
उ चुपचाप छ
उ हराएको छ
म खोजिरहेछु
उसका आकृतिहरुलाई
म पर्खि रहेछु
उसका पाईलाहरुलाई
क्षितिज पारीको
उसको प्रतिबिम्ब
बिस्तारै
धमिलिदै गएको छ
मनको क्यानभासमा कोरिएको
उसको चित्र
किनाराहरु बाट मेटिन्दैछ
उसले भुलेको छ
हिंडिरहेको त्यो गोरेटो
भत्काउदै छ
मनका सुनौला साँगुहरु
फेरिएका छन
उसका सुरीला आवाजहरु
म अन्योलको भुमरिहरुमा
त्यसै त्यसै मडारिरहेछु
बिगतका ति
कथाहरुमा
बर्तमान खोजिरहेछु
यथार्थमा
उ पारी छ
अनि
म वारी छु
लाग्छ,
हाम्रो मिलन
असम्भब छ ।
-काली बहिनी

काली बहिनी तिमी लाई म के दिउ
काली बहिनी म तिमी लाई सधैं हेर्न पाउ
दिनमा झझल्को र रातको सपनामा
तिम्रै याद हरु हरपल आउछ
तिम्रै सम्झनाहरुमा
यो प्रचन्ड गर्मीको बिदेश बसाइ
खै कहाँ बाट लेखी पठाउ तिमी लाई
स्वदेशका याद हरुले थिच्छन
बिदेशका पिडाहरुले सताउछन
मुटु भित्र का चोट हरु लाई
मन भित्र का भारी हरु लाई
जीवन का उकाली ओरालिको
परिवेश मा दु:ख सुखको
तिमीले खुशी भरिदिएकी छयौ।

No comments: