Monday, March 30, 2009

अब एउटा भावनात्मक सम्बन्धमा बाँच्न सिक...

असल प्रेमी ठान्छौ आफुलाई भने
किन प्रेमको बादला प्रेम दिन सक्दैनौ
सत्य स्वाभिमानी ठान्छौ आफुलाई भने
किन कुकुर र बिरालोको जस्तो झगडा गर्छौ
एउटा भावनात्मक सम्बन्ध गास्न सक्दैनौ भने
जिउनको अर्थ मोज र मस्ती नै ठान्छौ भने

पिर र चिन्ता मा किन रुमलिन्छौ
आशु होइन खुशी मात्र रोज्छौ भने
आशु अरुलाई किन दिन्छौ ?
आखिरी जिवनको रहस्य के बुज्छौ
आशुको महत्व कती देखेकी रहेछौ
बुझेको छु भन्छौ आँफैलाई भने

आफ्नो जातमा तिमी किन रहन सक्दैनौ ?
पहिचान आफ्नो छ भनी देखाउन चाहन्छौ भने
दुनियाँको आँखामा राम्रो स्थान किन बनाउन सक्दैनौ ?
आखिर तिमीलाई आफ्नो अस्तित्व नै थाहा छैन भने
अब एउटा भावनात्मक सम्बन्धमा बाँच्न सिक ल !

No comments: