Tuesday, April 7, 2009

आज फेरी तिम्रै यादमा रुन लागो ।।।

आज फेरी तिम्रै यादमा रुन मन लागो
मनको पिडा आसुले नै धुन मन लागो

मन भित्र आज धेरै हुरी वतास चल्लो
बाच्ने आशा थोरै थियो रात सँगै ढल्यो

आज फेरी तिमीलाई सम्झी रुन मन लाग्यो
मनको पिडा आशुले नै धुन मन लागो

सँगै जिउने साथहरु छुटीएर गयो
मिठा तिम्रो कुराहरु आज घाउ भयो

आज फेरी एकान्तमा रुन मन लागो
मनको पिडा आसुले नै धुन मन लागो ।।।

No comments: